काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् ।
महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा मनोनित गरेका हुन् ।
आचार्यलाई महासंघ अध्यक्ष ढकालले आज पद तथा गोपनीयताको सपथ गराए । आचार्य उत्पादनमूलक उद्योग, व्यापारलगायतका क्षेत्रमा संलग्न छन् । यसअघि दुइ कार्यकाल कार्यकारिणी समिति सदस्य रही सकेका आचार्यले महासंघमा रोजगारदाता परिषदको उप सभापति एवं उद्योग समितिको सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्