Skip to content
Prabhu

धितोपत्र बोर्डमा २ जनाको नाम सिफारिस गर्न नमिल्ने महान्यायाधिवक्ताको राय

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिको विषयमा महान्यायाधिवत्ताको कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने भन्दै लिखित सुझाव अर्थ मन्त्रालयमा पठाएको छ । सो पत्र प्राप्त गरेपछि अर्थमन्त्रालय सोमबारदेखि छलफलमा जुटिरहेको छ ।

सेबोन अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये बोर्डले ५ जनाको मात्र सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम परेका थिए ।

कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि कानुनी व्यवस्थाअनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । सोहीअनुसार नै दुई जनाको मात्र नाम सिफारिस गर्नु कानुनतः नभएको भन्दै कार्यालयले राय पेस गरेको उच्च स्रोतको भनाइ छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal