Skip to content
Prabhu

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम २ अर्बमा सीमित

काठमाडौं । आज सेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन घटेको सेयर बजार परिसूचक आज १६ दशमलव २९ अंकले बढेर बन्द भएको हो ।

सोमबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १६ दशमलव २९ अंकले बढेर २०५३ दशमलव ३८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । जसले गर्दा सम्रग बजारमा त्यसको प्रभाव देखिएको हो । आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ४ अर्ब बढीको कारोबार भएको बजारमा सोमबार २ अर्ब भन्दा बढीको मात्रै कारोबार भएको छ । आज ३२३ कम्पनीका ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर ४४ हजार १६९ पटक खरिद बिक्री हुदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयाँबराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०१ अंकले बढेर ३६१ द्यशमलव ७७ विन्दुमा पुगेको छ । आज १३ उपसमूह मध्ये २ वटा बाहेक अरुको सेयर मूल्य बढेको छ । प्रतिशतका हिसाबले आज बैंकिङ समूहको सेयर मूल्यमा सबैभन्दा बढी वृद्धि भएको छ । यो समूहको सेयर मूल्यमा २.०४ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै सबैभन्दा धेरै फाइनान्स उपसमूहको सेयर मूल्य ०.८३ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal