Skip to content
Prabhu

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्न नमिल्ने भन्दै सर्वोच्च पुगे सन्तोष नारायण श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध अध्यक्षका उम्मेदवार सन्तोष नारायण श्रेष्ठ सर्वोच्च पुगेका छन् । सिफारिस समितिले अन्तर्वातामा आवश्यक संख्यामा उम्मेदवार उपस्थित नभएको भन्दै प्रक्रिया रद्द गरेको थियो ।

सो निर्णयका विरुद्धमा उम्मेदवार भएर अन्तर्वार्तामा समेत सहभागि भएका सन्तोष नारायण श्रेष्ठले प्रक्रिया रद्द गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रक्रिया रद्द गर्नु कानुन विपरीत भएकाले आफू न्यायलयको ढोका ढकढकाउन पुगेको श्रेष्ठको भनाइ छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक रहेको सिफारिस समितिको अध्यक्ष चयन प्रक्रिया रद्दको निर्णय गरेको थियो ।

अध्यक्ष सिफारिस समितिले दुई पटक सम्म समय दिएर अन्तर्वार्ताका लागि बोलाए पनि ५ जना मध्ये ३ जना अनुपस्थित भए पछि प्रक्रिया रद्द भएको थियो । असार १४ गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरिएको थियो । बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले नियुक्तिसम्बन्धी प्रक्रिया रद्द गरिएको थियो । गत फागुन १६ मा सूचना प्रकाशन गरी समितिले अध्यक्ष छनोट प्रक्रिया सुरु गरेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal