Skip to content
Prabhu

४ फाइनान्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि, २ वटामा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढ्यो । अघिल्लो दिन ४७ अंकले बढेको सेयर बजार ३ दशमलव ७९ अंकले बढेको हो ।

समग्र बजार बढ्दा आज सबैभन्दा धेरै मूल्य बढ्नेमा फाइनान्स कम्पनी छन् । आज र्शीष पाँच कम्पनीमध्ये ४ कम्पनी फाइनान्स रहेका छन् । चारमध्ये दुई कम्पनीको सेयर मूल्यमा त सकारात्मक सर्किट लागेर बन्द भएको छ । आज धेरै मूल्य बढ्ने फाइनान्समा सेन्टल फाइनान्स, आइसीआएफसी फाइनान्स, गुहेश्वरी मेर्चेन्ट बैंक एन्ड फाइनान्स र मन्जुश्री फाइनान्स छन् । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा अर्को कम्पनी हो सप्तकोशी डेभलपमेन्ट बैंक ।

बुधबारको कारोबार बन्द हुँदा सेन्टल फाइनान्स र आईसीएफसी फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर बन्द भएको छ । सेन्टल पाइनान्सको सेयर मूल्य ४७ रुपैयाँ ९० पैसाले बढेर ५२६ रुपैयाँ ९० पैसामा कारोबार बन्द भएको छ भने आईसीएफसी फाइनान्सको सेयर मूल्य ५६ रुपैयाँ ६० पैसाले बढेर ६२२ रुपैयाँ ६० पैसामा कारोबार बन्द भएको छ ।

त्यस्तै गुहेश्वरी फाइनान्सको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात् ४३ रुपैयाँ ७० पैसाले बढेर ४८१ रुपैयाँ ७० पैसामा कारोबार बन्द भएको छ । मन्जुश्री फाइनान्सको सेयर मूल्य पनि ९.९६ प्रतिशत अर्थात् ५३ रुपैयाँ ९० पैसाले बढेर ५९४ रुपैयाँ ९० पैसा पुगेको छ ।

आज यी फाइनान्स कम्पनीबाहेक सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ८.०८ प्रतिशतले बढेर बन्द भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य २९ रुपैयाँ ९० पैसाले बढेर ३९९ रुपैयाँ ९० पैसामा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal