Skip to content
Prabhu

नेशनल लघुवित्तको ३८ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संस्थापक सेयरधनीको नाममा रहेको ३८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी कमलबहादुर बस्नेतको नाममा रहेको १० हजार कित्ता, लक्ष्मीप्रसाद सिटौलाको नाममा रहेको १६ हजार कित्ता, प्रेम बस्नेतको ७ हजार कित्ता, खेमराज भेटुवालको नाममा रहेको ५ हजार कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।

उक्त खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचना मार्फत जानकारी गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal