Skip to content
Prabhu

अंकुखोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट, दुई लघुवित्त र दुई विकास बैंकको सेयर मूल्यमा उच्च वृद्धि

 

काठमाडौं । सेयर बजारमा बिहीबार अंकुखोला जलविद्युत आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सातोको अन्तिम कारोबार दिन यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर बन्द भएको हो ।

यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा २० रुपैयाँ ७० पैसाले बढेर २२७ रुपैयाँ ७० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै आजको कारोबार बन्द हुँदा दुई लघुवित्त वित्तीय संस्था र दुई विकास बैंकको सेयर मूल्य पनि उच्च अंकले बढेको छ । आज समाज लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले धेरै कमाएका छन् । त्यस्तै आज सांग्रीला डेभलपमेन्ट बैंक र एक्सल डेभलपमेन्ट बैंकका सेयर धनीले पनि ६ प्रतिशतभन्दा बढीले कमाएका छन् ।

समाज लघुवित्तको सेयर मूल्य ९.२३ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य २५० रुपैयाँले बढेर २ हजार ९६० रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै आरम्भ चौतारीको सेयर मूल्य पनि ७.३३ प्रतिशत अर्थात् ८२ रुपैयाँले बढेर १ हजार २०१ रुपैयाँमा आजको कारोबार बन्द भएको छ ।

त्यस्तै आज धेरै मूल्य बढ्ने र्शीष पाँच कम्पनीमा सांग्रीला डेभलपमेन्ट कम्पनी रहेको छ । यो कम्पनीको सेयर मूल्य ६.४२ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य २१ रुपैयाँ १० पैसाले बढेर ३५० रुपैयाँमा कारोबार बन्द भएको छ । आज एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ६.०१ प्रतिशत अर्थात् २४ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal