Skip to content
Prabhu

साताको सेयरः परिसूचक ३ प्रतिशतभन्दा बढी बढ्यो, औसत कारोबार ४ अर्ब ५५ करोड

काठमाडौंं । यो साता नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ । गत साता २०५१ दशमलव ९२ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता ३.३० प्रतिशतले बढेको हो ।

यो सातामा बजार ६७ दशमलव ७८ अंक बढेर २११९ दशमलव ७० विन्दुमा पुगेको छ । यो साताको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो । यस साताको पहिलो कारोबार दिन नेप्से घटेर बन्द भएको थियो ।

यस साता नयाँ सरकार गठन हुने समाचारले सेयर बजार प्रभावित भएको हो । यस साता सेन्सेटिभ इण्डेक्स ३.७४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ३.८८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८० प्रतिशत बढेको छ ।

नेप्सेसँगै गत साता दैनिक औषत कारोबार पनि वृद्धि भएको छ । गत साता दैनिक औसत ४ अर्ब २८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ५५ करोडको सेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम ६.२४ प्रतिशत बढी हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ४२.१७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २.४५ प्रतिशत बढेको छ ।

नेप्सेको कुल बजार पुँजीकरण पनि यो साता ३ प्रतिशतभन्दा बढी बढेको छ । गत साताको तुलनामा यस साताको कुल बजार पुँजीकरण ३.३३ प्रतिशत बढेको छ ।

यो साता १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक बढेको छ । यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.८१ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन २८३४ दशमलव २६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यो साता २७८ दशमलव ०८ अंक बढेर ३११२ दशमलव ३४ विन्दुमा पुगेको छ ।

त्यसैगरी, यस साता विकास बैंक उपसमूहको परिसूचक करिब ९ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी बढेको छ । अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३९२ दशमलव ५८ अंक बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal