Skip to content
Prabhu

‘अनर एक्स८बी’को प्रि–बुकिङ सुरू, कति छ मूल्य ?

काठमाडौं । स्मार्ट फोन कम्पनी होनोरले २६ होनोर एक्स८बी नेपाली बजारमा भित्र्याउन लागेको छ । ५१२ जीबी स्टोरेज भएको होनोर एक्स८बीलाई कम्पनीले  ‘कम्प्युटर लेभल स्टोरेज’ ट्यागलाइन दिएको छ।

नेपालका लागि होनोरको आधिकारिक वितरक सेलट्रोन नेपालले होनोर एक्स८बी को प्रि–बुकिङ २६ फेब्रुअरीबाट सुरु भएको घोषणा गरेको छ । जुन ३ दिनसम्म जारी रहने र २८ फेब्रुअरीमा समाप्त हुनेछ। 

होनोर एक्स८बीमा १६+५१२ जीबी भेरियन्ट रहेको छ जहाँ १६ जीबी मा ८ जीबी आन्तरिक र ८ जीबी होनोर र्‍याम  टर्बो समावेश छ। यसमा १०८ एम पी मेन क्यामेरा, वाइड र डेप्थ क्यामेरा र २ एम पी म्याक्रो समावेश छ । 

सेलट्रोन नेपालले १६+५१२ जीबी भेरियन्ट रहेको  होनोर एक्स८बीको  मूल्य २९ हजार ९ सय ९९  रुपैयाँ तोकेको छ। प्रि–बुकिङ गर्ने  ग्राहकहरूले  ५ हजार ४ सय ९० रुपैयाँ मूल्य रहेकोलाइ मात्र २००० मा  प्राप्त गर्न सक्नेछन्। होनोर एक्स८बी अफलाइन र अनलाइन प्लेटफर्महरू मार्फत प्रि(बुकिङ गर्न सकिन्छ। 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal