Skip to content
Prabhu

लोकसेवा आयोग कोशीले माग्यो २२१ वनरक्षक

nabil

काठमाडौँ । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले २२१ वनरक्षकका  लागि विज्ञापन खुलाएको छ । आयोगले खुलातर्फ १२८, आदिवासी जनजातितर्फ ३४ र महिला समूहतर्फ ३३ जनाका लागि वनरक्षक पदको जागिर खुलाएको हो । साथै दलित ६, थारु ६, मधेशी ५, मुस्लिम ५ र अपांग ४ पद जागिर खुलाएको हो ।

इच्छुकले आगामी चैत ४ गतेसम्म र दोब्बर दस्तुरमा चैत ११ गतेसम्म आवेदन दिनसक्नेछन् । दस्तुर तीन सय र प्रत्येक समूहका लागि थप एक सय रुपैयाँ लाग्नेछ । आवेदन अनलाइन प्रणालीबाट लिइनेछ । १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका व्यक्ति र महिलाको हकमा ४० वर्षसम्मका व्यक्तिले आवेदन दिन पाउनेछन् । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal