Skip to content
Prabhu

प्रभु, एनएमबी, इन्भेष्टमेन्ट मेघा, प्राइम र सिटिजन्स बैंकको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि

काठमाडौं । सेयर बजारमा आइतबारको कारोबार जारी रहँदा ५ वाणिज्य बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबै वाणिज्य बैंकको सेयर मूल्यमा उच्च वृद्धि भएर कारोबार भइरहँदा प्रभु बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, इन्भेष्टमेन्ट मेघा बैंक र सिटिजन्स बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

दिउँसो १ बजेको कारोबार जारी रहँदा प्रभु बैंकको सेयर मूल्य १९ रुपैयाँ ९० पैसाले बढेर २१८ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै एनएमबी बैंकको सेयर मूल्य पनि २५ रुपैयाँले बढेर २७५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, इन्भेष्टमेन्ट मेघा बैंकको सेयर मूल्य पनि आइतबारको कारोबार जारी रहँदा २१ रुपैयाँ ९० पैसाले बढेर २४० रुपैयाँ ९० पैसा पुगेको छ । सिटिजन्स बैंकको सेयर मूल्य पनि दिउँसो १ बजेसम्मको अवधिमा २३ रुपैयाँले बढेर २५३ रुपैयाँ पुगेको छ । त्यस्तै प्राइम कमर्सियल बैंकको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् २६ रुपैयाँ ९० पैसोले बढेर २९५ रुपैयाँ ९० पैसा पुगेको छ ।

दिउसो १ बजेसम्मको कारोबार अवधिमा समग्र सेयर बजार परिसूचक भने ५७ दशमलव ८४ अंकले बढेको छ । यो अघिल्लो कारोबारभन्दा २.२५ प्रतिशतले बढी हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal