Skip to content
Prabhu

हिमालयन पावर पार्टनरको सञ्चालकमा महेन्द्रराज अधिकारी नियुक्त

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको सञ्चालकमा महेन्द्रराज अधिकारी नियुक्त भएका छन् । कम्पनीले संस्थागत समूहको सेयरधनीबाट अधिकारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीको साउन १८ गते बसकेको ६२औं बैठकले संस्थापक सेयरधनी रहेका उनलाई सञ्चालकमा नियुक्त गरेको छ । त्यस्तै कम्पनीको साउन २१ गते बसेको ६३ औँ बैठकले साधारण सेयरधनी समूहबाट सूर्यप्रसाद अधिकारीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सर्वसाधारण सेयर समूहका सञ्चालक दिवाकर पौडेल राजीनामा दिएपछि उनको स्थानमा अधिकारीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal