Skip to content
Prabhu

थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज (मंगलबार) को कारोबार जारी रहँदा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको कारोबार भन्दा ६८ रुपैयाँ ६० पैसाले बढेको छ । जुन १० प्रतिशतले बढी हो । यो समाचार तयारपार्दासम्म कम्पनीको प्रतिकित्ता सेयर मूल्य ७५४ रुपैयाँ ७० पैसा पुगेको छ ।

यो समाचार तयारपार्दासम्म समग्र परिसूच कभने घटेको छ । दिउँसो साढे १२ बजेसम्मको अवधिमा नेप्से ३० दशमलव ८७ अंकले घटेको छ । यो अवधिमा सेयर बजारमा ८ अर्ब ३६ करोड बढीको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal