Skip to content

हिमालय ऊर्जाको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

nabil bank

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको हकप्रद सेयरमा आजदेखि आवेदन खुला भएको छ । कम्पनीले आज (साउन २४ गते) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको छ । यसअनुसार कम्पनीले ९९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले असार २० गते बुकक्लोज गरेको थियो । यसअनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् । त्यस्तै, लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi