काठमाडौं । सेयर बजार कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । बुधबार उच्च अंकको वृद्धि भएको बजारमा बिहीबार भने ६ दशमलव ७० अंकको सुधार देखिएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ६ दशमलव ७० अंकले बढेर २७६६ दशमलव ३८ विन्दुमा पुगेको थियो । आज दिनभर जसो बजार उतार चडावपूर्ण रहयो । कुनै समय सेयर बजार परिसूचक २८०० विन्दु माथि पनि पुगेको थियो । तर, कारोबार बन्द हुँदा २७६६ विन्दुमा सीमित भयो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ । आज १५९ कम्पनीको सेयर मूल्य घट्यो भने ७९ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । आज ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज सेयर बजारमा २० अर्ब बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३२२ कम्पनीका ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २ लाख ९ हजार ९६५ पटक खरिद बिक्री हुँदा २० अर्ब ७ करोड ४३ लाख ४ हजार १०३ रुपैयाँ बराबरको कारोबार भयो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ अंकले बढेर ४८३ दशमलव ६८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ उपसूचकको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ । आजको कारोबार बन्द हुँदा ७ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।












प्रतिक्रिया दिनुहोस्