Skip to content

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

nabil bank

काठमाडौं । जापानको दक्षिणी क्षेत्रमा ६.९ र ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस)ले भूकम्प क्युसुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको गहिराइमा रहेको बताएको छ ।

जापानी प्रसारक एनएचके वल्र्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोसिमाजस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । ‘सुनामीको छाल पटकपटक आउन सक्छ, त्यसैले कृपया जोखिम टरेको अर्को सूचना जारी नहुँदासम्म समुद्र र तटीय क्षेत्रमा नजान र अग्लो स्थानमा रहन आवश्यक हुनेछ,’ जापानको मौसम विज्ञान निकायद्वारा सामाजिक सञ्जाल एक्समा जारी संक्षिप्त निर्देशनमा भनिएको छ ।

भूकम्पपछि सावधानीका लागि प्रधानमन्त्री फुमियो किसिदाले पनि भूकम्पसम्बन्धी केही निर्देशन जारी गरेका छन् । सुनामी र स्थानान्तरणसम्बन्धी सही जानकारी नागरिकलाई समयमै उपलब्ध गराउन, क्षति हुन नदिन, सर्वसाधारणलाई उद्धार गर्नेजस्ता कदम चाल्न र जतिसक्दो चाँडो क्षतिबारे स्थितिको आकलन गर्न प्रधानमन्त्री किसिदाले प्रशासनलाई निर्देशन दिएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi