Skip to content

एनपीएल: सुदूरपश्चिमले टस जित्यो, खेल ५-५ ओभरको हुने

nabil
global ime

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ । विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

मौसमका कारण यो खेल ५-५ ओभरको हुने भएको छ । जारी प्रतियोगितामा विराटनगर किंग्सले लगातार दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम रोयल्सले एक जित र एक हार बेहोरेको छ ।

यसअघि आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षातका कारण रद्द भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T