Skip to content

एभरेष्ट बैंकको नाफा बढेर सवा १ अर्ब, निष्कृय कर्जा घट्यो

nabil
global ime

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ६.२२ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३५ प्रतिशतले घटेर २ अर्ब ३७ करोड १४ लाख ३३ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन नाफा ६.१८ प्रतिशतले बढेर १ अर्ब ७८ करोड ९७ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८७ करोड ८ लाख ५३ हजार रुपैयाँ रहेको छ ।  बैंकको इम्पेयरमेन्ट चार्ज ४२ करोड ३१ लाख १८ हजारबाट घटेर २३ करोड ३४ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३४.७८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४३.०१ रुपैयाँ रहेको छ। १४ अर्ब ४० करोड ७४ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ४९ करोड ४६ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

बैंकले ३ खर्ब ३६ अर्ब ६२ करोड ८० लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ४४ अर्ब ६१ करोड ५ लाख ८७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको निष्कृय कर्जा ०.७४ प्रतिशतबाट घटेर ०.५० प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T