काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
असोज मसान्तसम्म बैंकले १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २७.१० प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकले ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी, सन्चालन नाफा बढेको छ भने प्रोभिजन गर्नु पर्ने रकम घटेको छ । जसले नाफा बढाउन सहयोग गरेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ७१ करोड ३९ लाख ६२ हजार रुपैयाँबाट घटेर ५० करोड २१ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
यस्तै बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४८ करोड ७२ लाख ५३ हजार रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड १५ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
यस्तै सन्चालन नाफा १ अर्ब ४९ करोड ८४ लाख ६३ हजारबाट बढेर १ अर्ब ८९ करोड ६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब २५ करोड ७२ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
बैंकको ईपीएस २३ रुपैयाँ ८३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८६ .३२ रुपैयाँ रहेको छ । २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ४६ करोड ४४ लाख ५ हजार रहेको छ ।
यस अवधिमा बैंकले ३ खर्ब २२ अर्ब ८ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५८ अर्ब ४५ करोड ५४ लाख ६३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्क्रिय कर्जा ४.५८ प्रतिशतबाट बढेर ४.९२ प्रतिशत पुगेको छ ।









प्रतिक्रिया दिनुहोस्