काठमाडौं । सेयर बजारमा इन्डेक्स २८०० सय विन्दु माथि पुगेको छ । यो समाचार तयारपार्दासम्म नेप्से २८२६ दशमलव ७४ विन्दुमा पुगेको हो ।
आइतबारको कारोबार जारी रहँदा सेयर बजार ६० अंक भन्दा बढीले बढेको छ । यो अवस्थामा सेयर बजारमा ११ अर्ब बढीको कारोबार भएको छ । यो समाचार तयारपार्दासम्म शिवम पावर लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्त र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
मैलुङ खोला जलविद्युत र कुलेली बुखारी साना जलविद्युतको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्