Skip to content
Prabhu

कुथेली बुखारीको सेयर मूल्यमा नकारात्मक सर्किट, युनिलिभरको सेयर मूल्य २ हजारले घट्यो

काठमाडौं । सेयर बजारमा उच्च कारोबार र उच्च अंकले बढेको दिन कुथेली बुखारी साना जलविद्युत कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २७२ रुपैयाँ ६० पैसाले घटेको हो ।

यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले घटेको हो । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २ हजार ४५३ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै आजको कारोबार बन्द हुँदा युनिलिभर नेपालको सेयर मूल्य २ हजार रुपैयाँले घटेको छ । यो कम्पनीको सेयर मूल्य २ हजार रुपैयाँले घटेर ५० हजारमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ३.८५ प्रतिशतले कम हो ।

आज धेरै मूल्य घट्ने स्टकमा सिटिजन्स सुपर ३० म्युच्युअल फण्डको सेयर मूल्य पनि ७.५४ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ०.८१ रुपैयाँले घटेर ९ रुपैयाँ ९३ पैसामा कारोबार बन्द भएको छ । त्यस्तै आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ को सेयर मूल्य पनि अघिल्लो कारोबारभन्दा ४५ रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबारभन्दा ३.६३ प्रतिशतले कम हो । त्यस्तै आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ योजना २ को सेयर मूल्य ३.६१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ०.३६ पैसाले घटेर ९ रुपैयाँ ६० पैसामा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal