Skip to content
Prabhu

तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा सोमबारको एक घण्टाको कारोबार अवधिमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सकिट लागेको छ । आजको कारोबार जारी रहँदा शुभम पावर लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सोमबारको कारोबार जारी रहँदा शुभम पावरको सेयर मूल्य ९० रुपैयाँ २० पैसाले बढेर ९९२ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै नेशनल हाइड्रोपावरको सेयर मूल्य २२ रुपैयाँ २० पैसाले बढेर २४४ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य २० रुपैयाँ ३० पैसाले बढेर २२३ रुपैयाँ ५० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो ।

यो सामाचार तयारपार्दासम्म समग्र बजार पनि ६१ दशमलव ९३ अंकले बढेर २९२२ दशमलव ७८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ९ अर्ब ७३ करोड बढीको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal