Skip to content
Prabhu

सेयर बजार ३० महिनाकै उच्च विन्दुमा पुगेको दिन धेरै घट्ने पाँच कम्पनी

काठमाडौं । आज सेयर बजार ३० महिना यताकै उच्च विन्दुमा पग्यो । कारोबार रकम पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेर सेयर बजार बन्द भयो ।

समग्रमा बजार बढेको दिन सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज ६८ कम्पनीको सेयर मूल्य घटेको दिन कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्य नकारात्मक सर्किट लागेर बन्द भएको हो । यो कम्पनीको सेयर मूल्य २४५ रुपैयाँ ३० पैसाले घटेर २ हजाार २०८ रुपैयाँ १० पैसामा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो ।

आज धेरै घट्ने अन्य कम्पनीमा लक्ष्मी लघुवित्त वित्तीय संस्था, गरिमा डिबेन्चर २०८५, हिमालयन लघुवित्त वित्तीय संस्था र कुमारी सफल योजना रहेका छन् । आजको कारोबार बन्द हुँदा लक्ष्मी लघुवित्तको सेयर मूल्य ४७ रुपैयाँले घटेर १ हजार १९० रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ३.८० प्रतिशतले कम हो ।

त्यस्तै गरिमा डिबेन्चर २०८५ को सेयर मूल्य ३८ रुपैयाँले घटेर १ हजार रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबार भन्दा ३.६६ प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा हिमालयन लघुवित्तको सेयर मूल्यमा पनि ३.६१ प्रतिशत अर्थात ४१ रुपैयाँले गिरावट आएर १ हजार ९५ रुपैयाँ पुगेको छ । कुमारी सफल योजनाको सेयर मूल्य पनि ३.३२ प्रतिशत अर्थात् ०.३१ रुपैयाँले घटेर ९ रुपैयाँ ०२ पैसामा कारोबार बन्द भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal