Skip to content
Prabhu

खर्च घटेपछि नाफामा पञ्चकन्या माई हाइड्रोपावर

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षसम्ममा नोक्सानीमा रहेको यो कम्पनी गत आर्थिक वर्षमा भने नाफामा पुगेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी १ करोड २५ लाख रुपैयाँ नोक्सानीमा थियो । आम्दानी घटे पनि खर्च घटेका कारण कम्पनी नाफामा गएको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ३.३३ प्रतिशत घटेको छ भने कुल सञ्चालन खर्च ७.०४ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल सञ्चालन नाफा २.८१ प्रतिशत र कुल प्रशासनिक र अन्य खर्च ७.३५ प्रतिशत घटेको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ३२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ८३ रुपैयाँ ४१ पैसा रहेको छ। १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष भने १८ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal