Skip to content
Prabhu

अपर तामाकोशी हाइड्रोपावरको नोक्सानी घट्यो, ईपीएस कति ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको नोक्सानी अघिल्ला आर्थिक वर्षको भन्दा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनसार कम्पनी २ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ नोक्सानीमा रहेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ४ अर्ब ९ करोड ८२ लाख १४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ७.९३ प्रतिशतले बढेर ८ अर्ब ७५ करोड २० लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ८ अर्ब १० करोड ९२ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड, रिटर्न अर्निङको १० अर्ब ४ करोड ६७ लाख रुपैयाँ, संचालन नाफा २८ प्रतिसेतले बढेर ३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal