Skip to content
Prabhu

एमालेका माननीयले पशुपतिमा धुप बाले पनि गठबन्धन भत्किँदैन भन्नुहुन्थ्योः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सरकार बनेपछिको परिणाम ठीक भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू यो सरकार बनाउन धेरै नलागेको बताएका हुन् ।

‘मैले अर्थ मन्त्रालयको बजेटमाथि टिप्पणी गर्दा ६–७ महिनापछि यो बजेटको भारी बोक्नुपर्ने छ । त्यसैले के बोल्नु अलमलिरहेको छु भनेको थिएँ । त्यसबेलामा एक जना एमालेका माननीयले पशुपतिनाथमा धुप बाले पनि यो गठबन्धन केही हुँदैन भनेर मलाई खुइल्याउनु भयो ।

मेरो अनुमानको आधार पनि थियो । माननीय रमेश लेखकले धोखा खानेहरु मिल्नुभयो भने तपाईंको के होला भनेर सोध्नुभएकै प्रश्नभित्र मेरो अनुमान थियो, तर यति छिटो यस्तो होला भन्ने लागेको थिएन ।

धोका खानेहरु यति छिटो आत्तिसकेको अवस्था बनिसकेको थियो । धोखा दिनेले उथलपुथल गर्दा अहिले नयाँ सरकार बन्यो । म यो सरकार बनाउन धेरै लागेको होइन, तर परिणाम ठीक छ भन्नेमा छु,’ उनले भने । महामन्त्री थापाले अब कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal