Skip to content

पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत

बागलुङ । गत साता बागलुङको बडिगाड गाउँपालिका– ९ र १० मा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ ।

प्रदेश र सङ्घीय सरकारले बनाएको कार्यविधिअनुसार ज्यान गुमाएका प्रतिपरिवार नगद रु. दुई लाखका दरले राहत रकम उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। पहिरोमा परी ज्यान गुमाएका ११ जनाको परिवारलाई प्रशासनले घटनास्थलमै पुगेर राहत उपलब्ध गराएको हो ।

प्रजिअ बरालले सरकारले प्राकृतिक विपद्मा परि ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराउने नीति अनुसार राहत रकम प्रदान गरिएको बताए। बडिगाड गाउँपालिका–१० आरुपाटाका जोगबहादुर बुढाको घरमाथिबाट खसेको पहिरोले नौ जनाको ज्यान लिएको थियो ।

पहिरोमा परेका एक बालक अझै बेपत्ता छन् । पहिरोमा पुरिएर १० जना घाइते भएका थिए । गम्भीर घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोही दिन वडा नम्बर–९ नयाँबस्तीमा पहिरोमा परी दुई जनाको ज्यान गएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T