Skip to content
Prabhu

मंगलबार सेयर बजारमा धेरै मूल्य घट्ने ५ कम्पनी

काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य गिरावट भएको दिन नेपाल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरैले घट्यो । यो कम्पनीको सेयर मूल्य आज ९.९३ प्रतिशतले घटेको हो ।

यो कम्पनीको सेयर मूल्य आज २४० रुपैयाँले घटेर २ हजार १७८ रुपैयाँमा कारोबार बन्द भएको छ । पछिल्लो सयम यो कम्पनीको सेयर मूल्यमा निरन्तर घटबढ भइरहेको छ । त्यस्तै मंगलबार धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सगरमाथा जलविद्युत कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी र अभियान लघुवित्त वित्तीय संस्था छन् ।

आजको कारोबार बन्द हूँदा सगरमाथा जलविद्युतको सेयर मूल्य ५४ रुपैयाँले घटेर ७०६ रुपैयाँमा कारोबार बन्द भएको छ । जुन अघिल्लो दिनको भन्दा ७.११ प्रतिशतले कम हो । त्यस्तै आत्मनिर्भर लघुवित्तको सेयर मूल्य २३४ रुपैयाँ ९० पैसाले घटेर ३ हजार १५१ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.९४ प्रतिशतले कम हो ।

त्यस्तै मंगलबार मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा ४० रुपैयाँको गिरावट आएर ६२५ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ६.०२ प्रतिशतले कम हो । अभियान लघुवित्तको सेयर मूल्य पनि अघिल्लो दिनको भन्दा ४.५९ प्रतिशत अर्थात् ५० रुपैयाँ १० पैसाले घटेर १ हजार ४१ रुपैयाँ ९० पैसामा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal