Skip to content

टीआरसी विधेयकले पीडितलाई केन्द्रमा राखेको छः मुख्य सचेतक बर्तौला

nabil
global ime

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदमा छलफल चलिरहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितलाई केन्द्रमा राखेर आएको दाबी गरेका छन् । उनले प्रतिनिधिसभामा बोल्दै बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई तीन विषयमा केन्द्रित राखेर ल्याएको बताएका हुन्।

उनले पीडित, अन्तर्राष्ट्रिय समुदाय र सर्वोच्चको फैसलालाई केन्द्रमा राखेर बनेको दाबी गरे । ‘यो विधेयकलाई हामीले टुङ्गोमा पुर्याउन सबैको सहयोगसँगै मेहनत गरेका छौँ । यो साझा दस्ताबेजको रूपमा संसदमा आएको छ’ उनले भने, ‘सबैको अथक मेहनतबाट यो कानुन निर्माण सम्भव भएको हो।’ उनले संयुक्त राष्ट्रसंघका महासचिवले यही संसदमा विधेयक पीडित मैत्री हुनुपर्ने भनेको कुरा पनि उनले स्मरण गरे ।

उनले यो प्रतिवेदनले पीडितलाई केन्द्रमा राखेको दाबी गरे । उनले यो कानुनले एकातर्फ पीडितलाई केन्द्रमा राखेर र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्याय सम्बन्धमा गरेको आदेशलाई समेत नजिरको रूपमा सम्बोधन गरेको दाबी उनले गरे ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima