Skip to content
Prabhu

सेयर बजार हरियाली भएको दिन धेरै घट्ने ५ कम्पनी, मन्दाकिनी हाइड्रोमा नकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । अधिकांश कम्पनीको सेयर मूल्य बढेको दिन ७९ कम्पनीको सेयर मूल्य घटेर बन्द भएको थियो । आज एक कम्पनीको सेयर मूल्यमा त नकारात्मक सर्किट नै लागेको छ ।

आज सेयर बजारमा सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी हो मन्दाकिनी हाइड्रोपावर । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ । आजको कारोबार बन्द हुँदा १०८ रुपैयाँले घटेको कम्पनीको सेयर प्रतिकित्ता ९७२ रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै घट्ने अन्य कम्पनीमा विन्दाबासिनी हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, सिटीजन्स म्युच्युअल फण्ड–२ र एनआइसी एसिया फिक्स क्याप फण्ड छन् ।

आजको कारोबार बन्द हुँदा बिन्दाबासिनी हाइड्रोको सेयर मूल्य ६९ रुपैयाँ ८० पैसाले घटेर ७५९ रुप्ैयाँ ९० पैसामा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ८.४१ प्रतिशतले कम हो । त्यस्तै मिड सोलुको सेयर मूल्य पनि ९३ रुपैयाँले घटेर १ हजार ६० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.०७ प्रतिशतले कम हो ।

आज सिटीजन्स म्युच्युअल फण्ड–२ को सेयर मूल्य ७.३१ प्रतिशतले घटेको छ । आज ०.७६ रुपैयाँले घटेको यो स्टकको सेयर मूल्य ९ रुपैयाँ ६४ पैसामा कारोबार बन्द भएको छ । त्यस्तै एनआइसी एशिया फिक्स क्याप फण्डको सेयर मूल्यमा पनि ४.९६ प्रतिशतले गिरवाट आएको छ । आजको कारोबार बन्द हुँदा यो स्टकको सेयर मूल्य ०.५३ रुपैयाँले घटे १० रुपैयाँ १६ पैसामा कारोबार बन्द भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal