Skip to content
Prabhu

नेपाल रिपब्लिक मिडियाको नाफा उल्लेख्य बढ्यो

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा उल्लेख्य सुधार आएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४० लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८८.२९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा १० लाख ५० हजार रुपैयाँ मात्र थियो । आम्दानी घटेपनि वित्तीय शुल्क घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी १६.३० प्रतिशत घटेको छ भने कुल आम्दानी १०.७८ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको अन्य आम्दानी समीक्षा अवधिमा २९.०३ प्रतिशत र सञ्चालन मुनाफा २१.६० प्रतिशत घटेको छ । कम्पनीको वित्तीय शुल्क ६ करोड २४ लाख रुपैयाँबाट घटेर ३ करोड ७१ लाख रुपैयाँमा झरेको छ । जसका कारण आम्दानी घटेपनि खुद नाफा बढेको हो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३१ पैसा बढेर ४२ पैसा पुगेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ७७ पैसा रहेको छ ।

९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५० करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal