Skip to content
Prabhu

लिवर्टी माइक्रो लाइफको नाफा ७६ लाख रुपैयाँ

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा ७६ लाख रुपैयाँ खुद नाफा गरेको छ । लघु जीवन बीमा कम्पनीको रूपमा स्थापित भएर व्यवसाय थालेको १ वर्षको अवधिमै कम्पनीले ७६ लाख ३ हजार रुपैयाँ नाफा कमाएको हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कोषको आकार १ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीले गत वर्ष ३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

गत वर्ष कम्पनीले ४ लाख २५ हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ भने कर्जा तथा लगानीबाट ४ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष कम्पनीको कुल खर्च ६ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal