Skip to content
Prabhu

नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा आज नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा दिउँसो १ बजेसम्मको कारोबार अवधिमा नकारात्मक सर्किट लागेर बन्द भएको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २३० रुपेयाँले घटेर २ हजार ७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १० प्रतिशतले घटेको हो । समग्रमा भने आज बजार बढेको छ । यो समाचार तयारपार्दासम्म समग्र परिसूचक ४३ दशमलव ९० अंकले बढेको छ ।

दिउँसो १ बजेसम्मको अवधिमा परिसूचक ३००१ दशमलव ६६ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ कम्पनीको घटेको छ । यो समाचार तयारपार्दासम्म सेयर बजारमा १५ अर्बभन्दा बढीको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal