Skip to content
Prabhu

सुनको मूल्य ३ सयले घट्यो, चाँदीको स्थिर

nabil

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal