Skip to content
Prabhu

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

nabil

काठमाडौं । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सानिगाडको प्रति सेयर एक सय रुपैयाँले ८५ लाख ५० हजार कित्ता सेयर बापत ८५ करोड ५० लाख सेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्ने छ । 

सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नु पर्ने छ । ६ महिनाभित्र सेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुने छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal