Skip to content
Prabhu

खर्बपति र अर्बपतिलाई १० कित्ता आइपीओको मोह ! कुन अर्बपतिलाई कति आइपीओ पर्‍यो ?

काठमाडौं । साधारण सेयर निष्कासनमा मध्यम वर्ग र निम्न मध्यम वर्गको निकै आकर्षण देखिन्छ ।

जुन कम्पनीहरुले निष्कासन गर्न साधारण सेयर(आइपीओ)मा समेत देखिन्छ । धितोपत्र बोर्डले १० कित्ता नीति ल्याएपछि आइपीओ भर्नको लागि एक हजार रुपैयाँ भए हुने अवस्था छ । जसको कारण मध्यम वर्ग र निम्न वर्गको आकर्षण आइपीओमा हुने गरेको हो ।

आइपीओले नै मध्यम वर्ग र निम्न वर्गलाई हजारको लगानीले लखपति समेत बनाउने गरेको छ । सेयर बजार बुलिस ट्रेण्डमा गएको बेला २७ लाखसम्म आइपीओमा आवेदन परेको थियो ।

तर,सेयर बजार बियरिस ट्रेण्डमा गएपछि आइपीओ भर्नेको संख्या समेत घट्दै गएको छ । यसको कारण पछिल्लो समय आइपीओ भर्ने युवा लगानीकर्ताहरु विदेश पलायन हुनुलाई पनि एउटा कारणको रुपमा हेरिएको छ । अहिले औसतमा १५ लाख जति आइपीओमा आवेदन पर्ने छ ।

आइपीओमा आकर्षण मध्यम वर्ग र निम्न मध्यम वर्गको मात्र नभएर अर्बपति व्यवसायीमा समेत देखिन्छ । १० कित्ताको नीति आउनु अगाडि आइपीओ उच्च मध्यम वर्ग र धनी वर्गमा मात्र थियो ।

सेयर बजारको विस्तारसँगै आइपीओ सहरदेखि गाउँसम्म विस्तार भएको हो । यसमा बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार तथा आइपीओ भर्नको लागि अनलाइनमात्र गर्न सकिने सुविधा नै प्रमुख कारण हो । सिआस्वा प्रणाली लागू भएसँगै घरमा नै बसेर आइपीओ भर्न मिल्छ । जसले गर्दा कुनै बेला सिमित घेरामा रहेको आइपीओलाई सर्वसाधारणको घरमा आइपीओलाई पुर्याएको हो ।

नेपालका एकमात्र डलर अर्बपति हुन विनोद चौधरी । विनोद चौधरी श्रीमति सारिका चौधरीपनि आइपीओको मोह भएको देखिन्छ । लगानीन्यूजलाई प्राप्त विवरणमा उनले सबैलाई पर्ने गरेको आइपीओ भर्न छाडेपनि उनले आइपीओ भर्ने गरेको देखिन्छ ।

विगतमा भरेजति सबैले पाएको नेपाल रिइस्योरेन्समा सारिकालाई ५० कित्ता आइपीओ परेको देखियो । यस्तै माउन्टेन हाइड्रोमा ४० कित्ता,अजोड इस्योरेन्समा १० कित्ता,हिमालयन दोलखामा १० कित्ता,बुटवल पावरको एफपीओमा उनलाई ३० कित्ता आइपीओ परेको देखिन्छ । चौधरी परिवारका अन्य सदस्यले भने आइपीओ भरेको रेकर्डमा देखिन्न । यद्यपी पछिल्ला वर्षमा सारिकाले आइपीओ भर्न छाडेको देखिन्छ ।

अम्बिकाप्रसाद पौडेलको परिचय सेयर लगानीकर्ता हुन् । सरकारी सेवा अवकास हुनुभन्दा अगाडि नै छाडेर सेयर बजारमा प्रवेश गरेका अम्बिका पौडेलले आइपीओ भर्न छाड्ने कुरा नै भएन । उनले पछिल्लो समय निष्कासन भएको हिमालयन रि इस्योरेन्समा ३० कित्ता सेयर परेको छ । यस्तै,सिटिजन लाइफ १०, सन नेपाल १०, रिलायबल कित्ता सेयर परेको छ ।

लगानीकर्ता अम्बिका पौडेल सेयर बजारको लगानीकर्ता भएको हुँदा स्वभाविक रुपले आइपीओमा आकर्षण हुने बताउँछन् । ‘ आइपीओ भर्नेका काम मेरा कार्यालयका कर्मचारीले गर्ने हुन्, म आफू हेर्दिन कुन कम्पनीमा कति आइपीओ भरे भनेर ।’

यस्तै विगतमा १० कित्ता आइपीओ समेत भर्ने त्रिवेणी ग्रुपका रामचन्द्र संघाईले भने पछिल्लो समय आइपीओ भर्न छाडेका छन् । उनको सर्कलमा १० कित्ता आइपीओ नभर्न सुझाव आएपछि छाडेको बताउने गरेका छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal