Skip to content
Prabhu

हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट सेयरधनीहरुलाई ४.२१ प्रतिशतले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उक्त कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको माघ २५ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।  

नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् उक्त  लाभांश वितरण गरिनेछ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal