Skip to content
Prabhu

श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने मानुषीको विशेष प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्तसँग डिमर्ज हुने निश्चित भएको छ । मानुषी लघुवित्तको शुक्रबार बसेको विशेष साधारणसभाले डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

उक्त संस्थाले श्रृजनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो आर्थिक वर्षमा नै सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो । विशेष कारणबस सो प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराइएको थियो ।

उक्त संस्थाकी कार्यकारी प्रमुखले संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि डिमर्ज गर्न लागेको बताइन् । यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरी मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा छन् । संस्थाको सेयर पुँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal