काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ सय र –चाँदी २० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्