Skip to content
Prabhu

बैंकको सेयर धितो कर्जा करिब २० प्रतिशतले बढ्यो, नबिल बैंक शीर्ष स्थानमा, ६ वटाको घट्यो

काठमाडौं । गत आर्थिक वर्षमा बैंकहरुले करिब २० प्रतिशत सेयर धितो कर्जा प्रवाहमा वृद्धि गरेका छन् । १९ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १९.८८ प्रतिशत सेयर धितो कर्जा प्रवाह वृद्धि गरेका हुन् ।

बैंकहरुले गत आवको अन्त्यसम्ममा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवको सोही अवधिमा १९ वटा बैंकहरुले ५८ अर्ब ६७ करोड ९० लाख रुपैयाँ कर्जा दिएका छन् ।

२० वटा वाणिज्य बैंकहरुमध्ये स्टयान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितो कर्जा दिएको छैन । बाँकी १९ वटा वाणिज्य बैंकले भने सेयर धितो राखेर कर्जा दिने गरेका छन् । १९ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंकको शीर्ष स्थानमा नविल बैंक रहेको छ । ६ वटा बैंकले सेयर धितो राखेर प्रवाह गर्ने कर्जा घटेको छ भने बाँकी १३ वटाको कर्जा प्रवाह बढेको छ ।

गत आर्थिक वर्षमा सेयर धितो राखेर प्रवाह गरिने कर्जा घटेका बैंकहरुमा प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इनभेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनएमबि बैंक र माछापुच्छ्रे बैंक रहेका छन् । यो अवधिमा प्रभु बैंकले अघिल्लो आवको भन्दा गत आवमा २०.०८ प्रतिशतले घटेको छ ।

बैंकले गत आवमा सेयर धितो राखेर ३ अर्ब १८ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले ३ अर्ब ९८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो ।

त्यस्तै गत आवमा लक्ष्मी सनराइज बैंकको यस्तो कर्जा प्रवाह ८.९६ प्रतिशतले घटेर ३ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेको थियो ।

गत आवमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर धितो कर्जा प्रवाहमा ३९.०५ प्रतिशतको गिरावट आएको छ । बैंकले गत आवमा १ अर्ब ८५ करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाह गरेको छ । अघिल्लो आवमा बैंकले सेयर धितो रोखरे ३ अर्ब ४ करोड बढीको कर्जा प्रवाह गरेको थियो ।

गत आवमा सेयर धितो कर्जा घटेको अर्को बैंक हो हिमालयन । यो बैंकको सेयर धितो कर्जा प्रवाह ३० प्रतिशतले घटेको छ । यो बैंकले गत आवमा २ अर्ब १ करोड बढीको सेयर धितो कर्जा प्रवाह गरेको छ। अघिल्लो आवमा बैंकले २ अर्ब ८७ करोड बढीको सेयर धितो राखेर कर्जा दिएको थियो । त्यस्तै एनएमबि बैंकको यस्तो कर्जा प्रवाह ३१.५८ प्रतिशतले घटेको छ ।

बैंकले गत आवमा ९८ करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाह गरेको छ । अघिल्लो आवमा बैंकको यस्तो कर्जा प्रवाह १ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । माछापुच्छ्रे बैंकको सेयर धितो कर्जा प्रवाह १५.३६ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ४६ करोड ७० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो कर्जा ५५ करोड १८ लाख रहेको थियो ।

सेयर धितोमा धेरै कर्जा दिने बैंकको शीर्ष स्थानमा रहेको नबिल बैंकले गत आवमा २२.७५ प्रतिशतले यस्तो कर्जा वृद्धि गरेको छ । नबिल बैंकले गत आवको अन्तिमसम्ममा ११ अर्ब ४२ करोड बढीको सेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकले गत आवमा ९ अर्ब ३० करोड बढीको सेयर धितो राखेर कर्जा दिएको थियो ।

यो अवधिमा ग्लोबल आइएमई बैंकले सेयर धितोमा दिने कर्जा १९.८० प्रतिशतले बढाएको छ । बैंकले गत आवमा ७ खर्ब ५१ करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको सोहि अवधिमा बैंकको यस्तो कर्जा प्रवाह ६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकले सेयर धितोमा दिने कर्जा १.७४ प्रतिशत वृद्धि गरेको छ । गत आवमा बैंकले ४ अर्ब २६ करोड रुपैयाँको सेयर धितो कर्जा दिएको छ । अघिल्लो आवको सोही अवकिमा यो बैंकले ४ अर्ब १८ करोड बढीको सेयर धितो राखेर कर्जा दिएको थियो ।

नेपाल राष्ट्र बैंककाअनुसार सिद्धार्थ बैंकले सेयर धितोमा दिने कर्जा ४२.१४ प्रतिशतले बढेको छ । यो बैंकले गत आवको अन्तिमसम्म ५ अर्ब ७८ करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाह गरेको छ । अघिल्लो आवमा यो बैंकको सस्तो कर्जा प्रवाह ४ अर्ब ७ करोडभन्दा बढी रहेको थियो ।

यो अवधिमा कुमारी बैंकले सेयर धितो राखेर दिने कर्जामा १०.३८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले अघिल्लो आवमा ३ अर्ब ९६ करोड बढीको सेयर धितो कर्जा प्रवाह गरेको थियो भने गत आवको अन्तिमसम्म ४ अर्ब ३७ करोड बढीको सेयर धितो राखेर कर्जा दिएको छ ।

नेपालको पहिलो बैंक नेपाल बैंकले पनि अघिल्लो आवको भन्दा गत आवमा सेयर धितो राखेर दिने कर्जामा उल्लेख्य वृद्धि गरेको छ । यो अवधिमा बैंकले यस्तो कर्जा प्रवाहमा ७१.८३ प्रतिशत वृद्धि गरेको छ । बैंकले गत आवमा ६ अर्ब ७८ करोड बढीको सेयर धितो कर्जा प्रवाह गरेको छ । अघिल्लो आवमा ३ अर्ब ९४ करोड रुपैइाँ बढीको यस्तो कर्जा प्रवाह गरेको थियो ।

केन्द्रीय बैंकका अनुसार यो अवधिमा सिटिजन्स बैंकले पनि सेयर धितो राखेर दिने कर्जामा ३६.४६ प्रतिशतले वृद्धि गरेको छ । यो बैंकले अघिल्लो आवमा ३ अर्ब ५२ करोड बढीको सेयर धितो कर्जा जारी गरेको थियो भने गत आवमा ४ अर्ब ८० करोड बढीको यस्तो कर्जा प्रवाह गरेको छ ।

वाणिज्य बैंकहरुमध्ये प्राइम बैंकले पनि यस्तो कर्जा प्रवाह २६.०२ प्रतिशतले बर्ढाको छ । यो बैंकले गत आवमा ४ अर्ब ५ करोड रुपैयाँको सेयर धितो कर्जा दिएको छ । अघिल्लो आवको सोहि अवधिमा बैंकले ३ अर्ब २१ करोड रुपैयाँको सेयर धितो राखेर कर्जा दिएको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यो अवधिमा सानिमा बैंकले सेयर धितोमा दिने कर्जा २५.५९ प्रतिशतले बढाएको छ । बैंकले अघिल्लो आवमा १ अर्ब ३१ करोड रुपैयाँका सेयर धितो कर्जा प्रवाह गरेको थियो भने गत आवमा १ अर्ब ६५ रुपैयाँको सेयर कर्जा प्रवाह गरेको छ ।

त्यस्तै यो अवधिमा कृषि विकास बैंकले पनि सेयर धितो राखेर दिने कर्जा ३९.९५ प्रतिशतले बढाएको छ । यो बैंकले गत आवमा १ अर्ब ५९ करोड बढीको सेयर धितो कर्जा जारी गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब १३ करोड रुपैयाँको सेयर धितो कर्जा जारी गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा सेयर धितो राखेर दिने कर्जामा एभरेष्ट बैंकले ९०.२४ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आवमा २ अर्ब २ करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाह गरेको छ । अघिल्लो आवमा बैंकले यस्तो कर्जा प्रवाह १ अर्ब ६ करोड रुपैयाँ रहेको थियो ।

वृद्धिका आधारमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाल एसविआई बैंक शीर्ष स्थानमा रहेको छ । यो बैंकले अघिल्लो आवको भन्दा गत आवमा ७३९.९७ प्रतिशतले सेयर धितो कर्जा प्रवाह वृद्धि गरेको छ । यो बैंकले गत आवमा २० करोड १५ लाख रुपैयाँको सेयर धितो राखेर कर्जा दिएको छ ।

अघिल्लो आवका बैंकको यस्तो कर्जा प्रवाह २४ लाख रुपैयाँ रहेको थियो । त्यस्तै सेयर धितो राखेर प्रवाह गरिने कर्जा वृद्धि गर्नेको शीर्ष दुईमा एनआईसी एसिया बैंक रहेको छ । यो बैंकको २८६.१६ प्रतिशतले यस्तो कर्जा वृद्धि गरेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब २ करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाह गरेको थियो । गत आर्थिक वर्षमा भने बैंकले ३ अर्ब ९६ करोड बढीको सेयर धितो कर्जा प्रवाह गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal