Skip to content
Prabhu

आज नेप्से ५ अंकले बढ्यो, ३ अर्ब २१ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५.६८ अंकले बढेर २०९६.३२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। बुधबार २ अर्ब ८४ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३१७ स्टकको ६७ हजार २७३ पटकको कारोबारमा ३ अर्ब २१ करोड २२ लाख रुपैयाँ बराबरको ९१ लाख ७१ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।

आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज समाज लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन त्रिशूली जलविद्युत कम्पनीको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने माया खोला हाइड्रोपावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। 

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। १३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४४ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक १.१२ प्रतिशत बढेको छ। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal