Skip to content
Prabhu

कालंगा हाइड्रोको साधारण सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । बझाङस्थित १५.३३ मेगावाट क्षमताको कालंगा हाइड्रो लिमिटेडको साधारण सेयर प्रत्याभूति सम्झौता सम्पन्न भएको छ । उक्त कम्पनीले जारी पुँजी १ अर्ब ४० करोडमध्ये सर्वसाधारणका लागि ३५ प्रतिशत अर्थात् प्रतिसेयर  १०० रुपैयाँका दरले हुने ४९ करोड बराबरको साधारण सेयर निष्कासन गर्न लागेको छ । 

जसअनुसार १४.१० करोड रुपैयाँ लक्ष्मी सनराइज क्यापिटल लिमिटेडबाट तथा ३४.९० करोड रुपैयाँ ज्योति क्यापिटल लिमिटेडबाट सेयर प्रत्याभूति सम्झौता गरी साधारण सेयर प्रत्याभूतिकर्ता नियुक्त गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कम्पनीको ललितपुरस्थित धोबीघाटमा रहेको कालंगा कम्प्लेसमा  आयोजित कार्यक्रममा सञ्चालक तीर्थराज चटौत तथा प्रत्याभूतिकर्ताहरु ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal