Skip to content
Prabhu

प्रिओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ । आजको प्रिओपन सेसनमा नेप्से परिसूचक ४ दशमलव ८८ अंकले बढेको हो ।

बिहीबारको प्रि ओपनस सेसन पछि नेप्से परिसूचक २७९१ दशमलव २९ विन्दुमा पुगेको छ । त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ० दशमलव ७७ अंक बढेको छ ।

बिहीबारको प्रिओपन सेसनमा ५३ स्टकको ११६ पटकको कारोबारमा ५३ लाख ८७ हजार ४३० रुपैयाँ २० पैसाबराबरको ९ हजार ७३८ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २० स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ । बाँकी १८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal