Skip to content

लिबर्टी माइक्रो लाइफको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले र एनआइएमबि एस क्यापिट बीच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार दुई संस्था बीच एक आपसमा सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरेका छन् । लिबर्टी माइक्रोले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने रु.२२ करोड ५० लाख रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि भदौ ९ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पुर्‍याउने लक्ष्य लिई यस लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी लि. वि.स २०८० भदौ २ लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी वि.स २०८० पुस ६ गते देखि औपचारिक रुपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आईरहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima