Skip to content

अजाया र अल अली ग्रुप, यूएईबीच साझेदारीका लागि एमओयू

nabil bank

काठमाडौं ।  डायमण्ड (हिरा)को अन्तर्राष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईको अल अली ग्रुपले व्यावसायिक साझेदारीको हात अघि बढाएका छन् । अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले मंगलबार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । 

अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अली र अजाया नेपालका राकेशकुमार अडुिकयाले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यो समझदारीलेविज्ञता र लगानीलाई एकैठाउँमा ल्याएको हुँदा अजायाले छोटो समयमै विश्व बजारमा पहिचान बनाउने अपेक्षा गरिएको छ । 

त्यसैगरी विश्वकै चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा  लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्नेछ । विश्व बजारमा नेपाली हस्तकलाको प्रवद्र्धनमा पनि यो समझदारी  कोसेढुंगा बन्न सक्ने अपेक्षा गरिएको छ । 

समझदारीबारे स्पष्ट पार्दै अजायाका राकेश अडुकिया भन्नुहुन्छ, ‘अजाया हामीले डायमन्डमा हासिल गरेको  विशेषज्ञताका आधारमा अघि बढाइएको ब्रान्ड हो । यसलाई नेपालमा मात्रैनभएर विश्व बजारमै स्थापित गर्ने लक्ष्य छ । अल अली ग्रुपसँगको साझेदारीले लगानी र विशेषज्ञतालाई एकै ठाउँमा ल्याउनेकाम गरेकाले यो नेपाली ब्रान्ड छोटो समयमै विश्व बजारमा स्थापित हुने अपेक्षा गरेका छौं ।’ 

त्यसैगरी विशाल सम्भावना रहको नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले सहयोग गर्ने उनाले बनाए । निकट भविष्यमै अल अली ग्रुप र अजायाको संयुक्त लगानीका उद्योगमार्फत पर्यटन क्षेत्रमा प्रवेश गर्ने बताए । 

अल अली ग्रुपका कार्यकारी अध्यक्ष याकुब अल अलीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने आफ्नो समूहको चाहनालाई मूर्तरूप दिन यो समझदारी कोसेढुंगा साबित हुने बताए । ‘नेपालकोपर्यटन क्षेत्रमा हामीले ठूलो सम्भावना देखेका छौं । 

अल अली ग्रुप पर्यटन र अतिथि सत्कार क्षेत्रको आफ्नो लामो अनुभवलाई नेपालमा  पनि लगानी गर्न चाहन्छ । आजको समझदारी र अजायासँगको हातेमालोले हामीलाई निकै उत्साहित बनाएको छ ,’ उनले भने । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime