Skip to content
Prabhu

यूरोको भाउ बढ्दा अमेरिकी डलर स्थिर, कति छ आज विदेशी मुद्राको बिनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आज यूरोको भाउ घटेको छ । आज एक युरोको खरिददर एक सय ४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५८ पैसा कायम छ । आइतबार एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०६ पैसा कायम थियो ।

आज अमेरिकी डलरको भाउ भने स्थिर छ । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा कायम छ । आज पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ । स्वीस फ्रायांकको एकको खरिददर १५७ रुपैयाँ ५० पैसा र बिक्रीदर १५८ रुपैयाँ २० पैसा कायम छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९ रुपैयाँ २० पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३ रुपैयाँ ०९ पैसा छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा रहेको छ ।

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७८ पैसा रहेको छ ।

राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्न सक्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal