Skip to content

१७ म्युचुअल फण्डले लाभांश घोषणा

काठमाडौं । म्युचुअल फण्डले पछिल्लो समय धमाधम लाभांश घोषणा गर्न थालेका छन् । गत आर्थिक वर्षको नाफाबाट वितरण गरिने लाभांश हालसम्म १७ वटा म्युचुअल फण्डले घोषणा गरेका हुन् ।

१७ वटा म्युचुअल फण्डले गत आर्थिक वर्षको नाफाबाट एकाइधनीका लागि नगद लाभांश घोषणा गरेका हुन् । घोषित लाभांश केही फण्डले इकाइधनीको बैंक खातामा पठाइसकेका छन् भने केहीको एकाइ खरिद गर्दा अझै पनि लाभांश पाउने समय बाँकी रहेको छ । खुलामुखी र बन्दमुखी गरी नेपालमा दुई किसिमका म्युचुअल फण्ड सञ्चालनमा छन् । बुक क्लोज भइनसकेका बन्दमुखी योजना दोस्रो बजारबाट खरिद गरेर लाभांश प्राप्त गर्न सकिने छ ।

म्युचुअल फण्डका विभिन्न नाममा ३६ बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत छन् । सूचीकृत ३६ मध्ये १४ बन्दमुखी योजनाले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका अरु ३ योजना खुलामुखी हुन् । १४ बन्दमुखी योजनामध्ये १० योजना खरिद गर्दा अझै लाभांश पाउने अवसर समेत रहेको छ ।

बुक क्लोजको अघिल्लो दिनसम्म योजना खरिद गर्दा लाभांश पाइन्छ । ७ योजनाको अझै बुक क्लोज मिति तय भइसकेको छैन भने तीन योजना सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ को भदौ २३ तथा कुमारी इक्वीटी र कुमारी धनवृद्धिको भदौ १९ गते बुक क्लोज मिति तय भएको छ ।

हालसम्म एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र कुमारी बैंकद्वारा प्रवर्द्धन गरिएका योजनाले लाभांश घोषणा गरेका छन् । उनीहरुले ४.५ देखि १५ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । हालसम्म शुभलक्ष्मी कोष (खुलामुखी), लक्ष्मी उन्नति कोष, एनआईसी एसिया सेलेक्ट फण्ड ३०, एनआईसी एसिया फ्लेक्जी क्याप, एनआईसी एसिया ब्यालेन्स फण्ड, एनआईसी एशिया डायनामिक डेब्ट( खुलामुखी), एनआईसी एशिया ग्रोथ फण्ड, सनराइज फस्त्र्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्वीटीको लाभांश घोषणा भएको छ ।

त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३, कुमारी इक्वीटी, कुमारी धनवृद्धि, कुमारी सुनौलो योजना(खुलामुखी), सानिमा इक्वीटी फण्ड, सानिमा लार्ज क्याप र सानिमा ग्रोथ फण्डको लाभांश घोषणा भइसकेको छ ।

म्युचुअल फण्डको प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्य रहन्छ । प्रतिइकाई १० रुपैयाँमै उनीहरुले लाभांश दिने हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life