Skip to content
Prabhu

सेयर बजारमा धेरै मूल्य घटेका शीर्ष ५ कम्पनी

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको दिन १३३ कम्पनीको सेयर मूल्य घटेर बन्द भयो । कारोबार ६ दशमलव ९० अंकले बढेको दिन सेयर बजारमा धेरै कम्पनीको सेयर मूल्य घटेको हो ।

आजको कारोबार बन्द हुँदा सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरका सेयर मुल्य घटेको छ । यो कम्पनीको सेयर मूल्य ८.८६ प्रतिशत अर्थात् ४१ रुपैयाँले घटेर ४२२ रुपैयाँमा कारोबार बन्द भएको हो । दिउँसो नकारात्मक सर्किट नै लागेको यो स्टकका त्यस पछि भने केही सुधार भएको थियो ।

त्यस्तै आज दिउसो कारोबार समयमा नकारात्मक सर्किट लागेको दोल्ती पावरको सेयर मूल्य पनि ८.४७ प्रतिशतले घटेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ६२ रुपैयाँले घटेर ६७० रुपैयाँ पुगेको छ । त्यस्तै आज मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य ६० रुपैयाँ १० पैसाले घटेर ७४४ रुपैयाँ ९० पैसा पुगेको छ । जुन अघिल्लो दिनको कारोबारभन्दा ७.४७ प्रतिशतले कम हो ।

आजको कारोबार बन्द हुँदा एनआइबिएल स्थिर कोषको सेयर मूल्य पनि ६.३७ प्रतिशतले घटेको छ । यो स्टकको सेयर मूल्य ०.६१ रुपैयाँले घटेर ८ रुपैयाँ ९७ पैसा पुगेको छ । धेरै घट्ने कम्पनीको पाँचौँ नम्बरमा नेपाल फायनान्स लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्य १०६ रुपैयाँले घटेर १ हजार ६८८ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ५.९१ प्रतिशतले कम हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal