काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ भने चाँदीको २० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्