Skip to content

सूर्योदय वोमी लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट सेयरधनीहरुलाई १४.०७७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने  घोषणा गरेको छ। 

उक्त लघुवित्तले हाल कायम चुक्ता पुँजीको १४.०७७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ। उक्त  लघुवित्तको माघ १९ गते  शुक्रबार  बसेको सञ्चालक समितिको २१६औं बैठकले सो दरमा बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो बोनस सेयर वितरण गरिनेछ। यस लघुवित्तले प्रस्ताव गरेको बोनस सेयरमा कर छुट हुनेछ । यसले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima